ABOUT US

ABOUT US 2023-11-27T10:35:43+00:00

म्हेन्दोमाया कलाकार संघ नेपाल म्हेन्दोमाया कलाकारहरुको हक-हितको निम्ति स्थापना भएको मुनाफा रहित सामाजिक संस्था हो । हामी तामाङ जाति संस्कार र संस्कृतिको एकदमै धनी समुदाय हो। त्यसैले तामाङ समुदायको संस्कार र संस्कृतिको सम्बर्द्धन, प्रबर्द्धन र विकास गर्नु म्हेन्दोमाया कलाकारहरूको प्रमुख दायित्व हो ।

संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए पहिचान हराउँछ भन्ने नाराका साथ तामाङ संस्कृतिको विकासको लागि म्हेन्दोमाया कलाकार संघ नेपाल संस्थागत रूपमा निरन्तर अगाडी बढिरहेको छ। संस्कृति र संस्कार बचाउन श्रष्टा एवम् सर्जकहरुलाई प्रोत्साहित गर्दै यसको विकास गर्न संघले संस्कार र संस्कृति केन्द्रित गतिविधिहरु गर्दै आइरहेको छ।

म्हेन्दोमाया कलाकार संघ नेपालले सम्पूर्ण म्हेन्दोमाया कलाकारहरुको अभिभावकत्व ग्रहण गरी तामाङ कला संस्कृति र म्हेन्दोमाया संगीत तथा संस्कृतिलाई अझ सकारात्मक रुपबाट राष्ट्रीय तथा अन्तराष्ट्रीय रुपमा व्यापक बनाउने उद्देश्यका साथ स्थापना भएकोले यसको महत्व रहेको छ। साथै तामाङ समुदायको विभिन्न किसिमका आन्दोलनहरुमा सहभागिता जनाउँदै आएको हुनाले यसको अझै बढी महत्व रहेको छ ।